काठमाडौं, भदौ २५ । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गर्दै अध्यागमन विभाग र ६ जिल्लाका प्रमुख हेरफेर गरेको छ । मन्त्रालयले अध्यागमन बिभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ ।
विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो । तामाङ राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । उहाँको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको सीडीओ बनाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।
यस्तै रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याई रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव गणेश अर्यालको सरुवा गरिएको छ । त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरी महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
यसैगरी भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी सीडीओ रोशनी कुमारी श्रेष्ठलाई ल्याइएको छ ।













प्रतिक्रिया दिनुहोस्