जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार ०९:२५

मेरा लागि सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो : केपी ओली


काठमाडौं, भदौ २६ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टी उपाध्यक्ष मात्र नभई हितैषी मित्र र सुख दुःखका साथी रहेको बताउनु भएको छ ।

गएराती हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष तथा संबिधानसभा अध्यक्ष नेम्वाङको हसिलो तस्विरसहित सामाजिक सञ्जातमा समवेदना प्रकटको क्रममा ओलीले यस्तो बताउनु भएको हो ।

ओलीले भन्नुभएको छ, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’