जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार ०७:१०

दश बजे बालुवाटारस्थित निवासबाट सुरु हुनेछ नेम्वाङको शवयात्रा, बालुवाटार-महाराजगञ्ज चोक हुँदै पशुपति आर्यघाट पुर्याइने (रुटसहित)


काठमाडौं, भदौ २८ नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।
उपाध्यक्ष नेम्वाङको अन्त्येष्टी ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ । बिष्टका अनुसार अन्त्यष्टीअघि नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेकोे छ ।

‘उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ,’ बिज्ञप्तीमा भनिएको छ ।

नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उहाँको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।