काठमाडौं, भदौ २८ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
नेम्वाङलाई दाहसंस्कार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो ।
नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो । यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्