जनता टाइम्स

३० भाद्र २०८०, शनिबार ०७:१३

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीन सहित चार जनाको हत्या


काठमाडौं, भदौ ३० । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ ।

काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए।मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका( ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ।