जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार ०६:३३

चिनियाँ विदेशमन्त्रीको सम्मानमा रात्रिभोज


काठमाडौं, भदौ २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीको सम्मानमा सोमवार साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो ।

विदेशमन्त्री बाङलाई काठमाडौँमा स्वागत गर्न पाउँदा नेपाल सरकार र नेपाली जनता अत्यन्त खुशी छन् भन्दै उहाँले द्विदेशी सम्बन्धले नयाँ उचाइ चुम्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रत्युत्तरमा मन्त्री बाङले नेपालसँग चीनको विशिष्ट सम्बन्ध रहेको तथा बाल्यकालदेखि नै नेपालप्रति आफ्नो अनुराग रहेको बताउनुभयो । मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चीनका लागि पूर्व नेपाली राजदूतलगायत रात्रिभोजमा सरिक हुनुहुन्थ्यो ।