जनता टाइम्स

५ आश्विन २०८०, शुक्रबार १८:४७

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा राहतका शिक्षकको असहमति


काठमाडौं, असोज ५ । सरकार र शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग भएको वार्तामा आफ्नो माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले असहमति जनाएका हुन् ।

दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि राहतका शिक्षकहरु बैठकबाट उठेर हिँडेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताउनु भयो ।

राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ । माइतीघर मन्डलामा भोलि भेला हुने राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले बताउनु भयो । उहाँले ४० हजार शिक्षक आक्रामक रुपमा चेतावनी पनि दिनुभयो । महासचिव बजगाईंले शिक्षक महासंघबाट राजीनामा दिने पनि बताउनु भयो ।