मुगु, असोज ६ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।
कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको छ ।
यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्ण रुपमा जलिसकेका र आसपासमा रहेका अन्यघरमा पनि क्षति पुगेको थापाले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । २०७८ साल कार्तिक २९ गते पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्