जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १३:३०

एमालेको बागमती अधिवेशन आजबाट, र्यालीसहित भृकुटीमण्डप पुगे नेता कार्यकर्ता (फोटोफिचर)


काठमाडौं, असोज ८ । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपमा केही बेरपछि अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने अधिवेशनमा सहभागी हुन उपत्यकाका बिभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिएको छ ।

अघिवेशनको अधिवेशन उदघाटन सत्रमा सहभागी हुन र्याली भृकुटीमण्डपमा पुगिसकेको छ । काठमाडौंका विभिन्न नाकबाट निकालिने ¥यालीमा सहभागी हुन अधिवेशन प्रतिनिधि, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू भेला हुन लागेका छन् ।