काठमाडौं, असोज १० । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई केन्द्रीय सदस्य र प्रदेशका बर्तमान अध्यक्षसहित ५ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन ।
अध्यक्षमा अहिलेसम्म कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशव पाण्डे, केशबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै उपाध्यक्षमा इश्वर चन्द्र पोखरेल, सुभासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, राजेन्द्र राजथलाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै सचिवमा रत्ना गुरुङ, नवराज सिलवाल, हष्त पण्डित र राजकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसचिव पुरुषतर्फ डवल पाण्डे, खडगबहादुर खत्री, टासी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै उपसचिवमा महिलातर्फ भक्तकुमारी लामा र गंगादेवी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्