जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार १२:५१

कर्णाली एमाले : अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए


सुर्खेत, १३ असोज । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको हो । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।