काठमाडौं, असोज १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्याँसमा बढाइएको मूल्यवृद्धि फिर्ता गरेको छ ।
निगमले आज बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम आज राती १२ बजेपछिबाट लागू हुने गरी बृद्धि गरेको मुल्य फिर्ता लिई पुरानै मूल्य कायम गरिएको जनाएको हो ।
प्रधानममनत्री दाहालको निर्देशनबमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको निगमको भनाई छ ।
निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि फिर्ता निर्णय गरेको पनि जनाएको छ ।
चाडवाडको बेला मूल्य बृद्धि गरेको बिषयमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री दाहालले फिर्ता लिन निर्देशन दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्