जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार ०९:१२

बिनोद ढकालको फोटो राखेर एमाले कोशीका नवनिर्वाचित अध्यक्ष खतिवडाले भने-हामीसँगै सहयात्रा गर्नेछौं


बिराटनगर, असोज १६ । नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाउनु भएको छ ।

प्रतिस्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाउनु भएको छ उहाँले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गर्नुभएको छ ।

‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ खतिवडाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजबादको यात्रामा जनता ,जनजीविका , राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी सङ्सङै सहयात्रा गर्ने छौ ।’ खतिवडाले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गर्नुभएको छ ।