जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १९:५५

इजरायलमा शनिवार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु (सूचीसहित)


काठमाडौं, असोज २१ । इजरायलमा हिजो भएको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुख रडा. राजन भट्टराईले १० जनाको मृत्यू भएको जानकारी दिनुभएको हो ।

मृत्यू हुनेमा नारायणप्रसाद न्यौपाने कैलाली, गणेशकुमार नेपाली बझाङ, आषिश चौधरी, कैलाली, दिपेशराज बष्ट, दार्चुला, आनन्द शाह धनुषा, राजेशकुमार स्वर्णकार सुनसरी, राजन फूलारा डोटी, पदम थापा डोटी, प्रवेश भण्डारी सल्याण र लोकेन्द्र सिंह धामी दार्चूला रहेका छन ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘इजरायलमा हिजो भएको आक्रमणमा परि १० जना होनाहार नेपालीको ज्यान गएको पुष्टि भयो । मृतकहरू प्रति हार्दिक श्रध्दान्जली तथा आफन्तहरूमा धैर्यधारण गर्ने क्षमता बृद्धिका लागि कामना ।’ सो घटनामा अन्य ७ जना घाइते रहेको बताइएको छ ।