जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार १०:४९

इजरायलमा रहेका नेपालीको उद्धारमा सरकारले तदारुकता देखाएन : योगेश भट्टराई


काठमाडौं, असोज २३ । नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकार तदारुकता देखाउन नसकेको आरोप लगाउनुभएको छ ।

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै नागरिकको उद्धार गरेको स्मरण गर्दै उहाँले कूटनीतिक सम्बन्ध अत्यन्तै राम्रो भएको इजरायलमा फसेका नेपालीहरूको उद्धार हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभएको छ , ‘आपत्कालीन अवस्थामा रहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने पर्ने थियो ।

सरकारले गर्न सकिरहेको छैन । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो ठाउँबाट सहजै उद्धार गरेको थियो । इजरायल त दक्षिण एसियापछि सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यहाँबाट नागरिकहरूलाई उद्धार गर्न सकेको छैन ।’