जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार १२:०५

एमाले सुदुरपश्चिम अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता, पदाधिकारीमा पनि उम्मेदवारीको लर्काे (सूचीसहित)


धनगढी, असोज २३ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्तागराएका छन ।

जारी प्रथम अधिवेशनमा अध्यक्षमा कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने सिंहबाहेक सवै अछामका हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउदले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी सचिवमा रणबहादुर चन्द र राजेश खाती, उपसचिवमा महिलातर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।