जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार १५:२१

किसानलाई राहत दिने कर्णाली सरकारको घोषणा


सुर्खेत, २५ असोज । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३० लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।