जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार १६:१६

एमाले सुदुरपश्चिम अधिवेशन : अध्यक्षमा जैसीलाई सर्वसम्मत बनाउन तिमिल्सिना र सिंहले लिए उम्मेदवारी फिर्ता


धनगढी, असोज २४ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएका वचनबहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

पार्टी नेताहरुले अघि बढाएको सहमतिको प्रयाशमा बाधक नबन्ने भन्दै सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । निर्वाचन कमिटीको कार्यालयले सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ ।

सुदुरपश्चिमका नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए । सोही सहमतिलाई समर्थन गर्दै सिंहले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

अध्यक्ष पदका अर्का प्रत्यासी भरत साउदको उम्मेदवारी भने अझै कायम रहेको छ । सिंहको उम्मेदवारी फिर्तापछि अव साउदलाई पनि फिर्ता गराउने पहल नेताहरुले गरेका छन ।