काठमाडौं, असोज २५ । बझाङमा फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ः२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक परकम्प आएका थिए। जसको कारण दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।
आज पाँच दिनपछि बझाङमा पुनः भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्