झापा, असोज २५ । झापामा एमाले नेता महेश बस्नेत सहभागी भई निकट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको गाडी तोडफोड भएको छ ।
पहिचानवादीको नाममा भेला भएका दुर्गा प्रसाईका कार्यकर्ता मिसिएर युवा संघको अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको छ । ती सवै गाडी दुर्गा प्रसाईका सहयोगीले तोडफोड गरेका हुन ।
प्रसाईका मानिसहरुले कार्यक्रममा अवरोध प्रयाससमेत गरेका थिए । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईका सहयोगी विक्रम सुब्बालाई प्रहरीले पक्राउ गरेको छ ।














प्रतिक्रिया दिनुहोस्