विराटनगर, असोज २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयबिरुद्ध कोहीका ८ जना सांसदले बिद्रोह गरेका छन ।
आफ्नै दलको प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री बन्न नदिन सभापति देउवाले माओवादीसँग सहमति गरेपछि कोशीका ८ जना प्रदेशसभा सदस्य बिद्रोहमा उत्रिएर एमालेको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।
कोहीमा शनिवारसम्म संबिधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न समय दिइएको छ । समय सकिनुभन्दा एक दिन अगावै आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाएर कांग्रेसका सांसद रोक्ने खेलमा लागेर देउवाले हस्ताक्षर गरेपछि कांग्रेस नेता केदार कार्कीले बिद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्रीमा दावी गर्नुभएको हो ।
कार्कीले ४७ सांस्दको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेपछि गठबन्धनबाट भन्दै माओवादीका आङबोले पुरानो हस्ताक्षर लिएर मुख्यमन्त्री दावी गर्नुभएको छ । सर्वाेच्चको फैसला अनुसार उपधारा ५ अन्तर्गत मुख्यमन्त्री दावी गर्दा दलको नभई सांसदकै हस्ताक्षर आवश्यक पर्छ ।
सोही अनुसार कार्कीसहित ८ जना सांसद पार्टीको निर्णयविरुद्ध उभिनुभएको हो । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गर्नुभएको छ । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याउनु भएको थियो । संसदीय दलको चुनावमा कार्कीको पक्षमा उभिनुभएका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर नगर्नुभएको हो । तर यसअघि उद्धब थापालाई मत दिनुभएकी एकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्