जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार ०६:५३

शेखरलाई राष्ट्रपति पौडेलको धम्की : गठबन्धनमा अप्ठ्यारो पार्ने काम नगर्नु, कोशीको मुख्यमन्त्रीबाट केदारको नाम फिर्ता लिनु


काठमाडौं, असोज २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाबिपरित खुलेयाम रुपमा गठबन्धनको पक्षमा राजनीति गर्न थालेको तथ्य उजागर भएको छ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको बिषयमा राष्ट्रपति पौडेलले कांग्रेस नेता डा. शेखर कोइरालालाई धम्कीको भाषा प्रयाग गरेपछि यो तथ्य उजागर भएको हो ।

कोशीमा संबिधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएपछि एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन लिएर मुख्यमन्त्री दावी गर्नुभएका कांग्रस नेता केदार कार्कीलाई बहुमत हुँदाहुँदै गठबन्धनका लागि फिर्ता लिनु भन्दै राष्ट्रपति राजनीतिमा उत्रनुभएको हो । शेखर निकट एक नेताका अनुसार शुक्रवार राष्ट्रपति पौडेलले कोइरालालाई धम्की दिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत कोइरालालाई टेलिफोन सम्पर्क गरी नाम फिर्ता लिन आग्रह गरेका थिए । कोइरालानिकट स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोशीमा ब्याक हुन धम्की नै दिनुभयो । ‘गठबन्धनमा अप्ठ्यारो पार्ने काम नगर्नु, केदारको नाम फिर्ता लिनु,’ शेखरलाई राष्ट्रपतिको भनाई उधृत गर्दै भन्दै शेखर निकट स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । राष्ट्रपतिले शेखरसँग पटक पटक गठबन्धन भन्ने शब्द प्रयोग गर्नुभएको थियो ।

राष्ट्रपति यसरी खुलेयाम राजनीतिमा उत्रिएपछि शेखरले पनि कडा जवाफ फर्काएर पदीय मर्यादा सम्झाउनु भएको ती नेताले बताए । कोइरालाले राष्ट्रपतिलाई ‘आफू कुनै पनि हालतमा पछाडि नहट्ने’ प्रष्ट बटमलाइन सुनाउनु भएको थियो । ‘कुनै पनि हालतमा नाम फिर्ता हुँदैन । राष्ट्रप्रमुख भएर राजनीतिमा चासो नदेखाउनुहोस्, पदीय मर्यादामा बस्नोस,’ राष्ट्रपति पौडेललाई कोइरालाको जवाफ थियो ।