जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार ०८:४२

राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : कमल थापा


काठमाडौं, असोज २७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजीनामा माग्नुभएको छ । राष्ट्रपति पौडेल सत्ता गठबन्धनको गोटी बनेर राजनीतिक गतिबिधि गरेको भन्दै थापाले राजीनामा माग्नुभएको हो ।

राष्ट्रपति पौडेलले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकरणमा पदीय मर्यादाबिपरित सत्ता गठबन्धनलाई सघाउँदै राजनीतिक गतिबिधि गरेको तथ्य खुलेपछि थापाले यस्तो बताउनु भएको हो ।

थापाले भन्नुभएको छ, ‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

कमल थापाको भनाई जस्ताको तस्तै

कोशी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु