विराटनगर, असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो । कांग्रेस नेता कार्की एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
कार्कीसँगै नेपाली कांग्रेसबाट शमशेर राई र नेकपा एमालेबाट राम राना मगरलाई मन्त्री नियुक्त गरेका हुन्। उहाँहरुको कार्यबिभाजन भने तोक्न बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्