जनता टाइम्स

१ कार्तिक २०८०, बुधबार ०९:१९

रामेछापको मन्थली गइरहेको ईलेक्ट्रोनिक गाडी धुलिखेलमा दुर्घटना : एकको मृत्यु, एक दर्जन घाइते


बनेपा, कार्तिक बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्युभएको

बुधबार(आज) बिहान : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३००१ ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीलेईलामतर्फ जाँदै गरेको बा ६४ १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका१२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन् उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहान ७ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमारश्रेष्ठले जानकारी दिनुभयो

उहाँका अनुसार दुर्घटनामा ईलेक्ट्रोनिक गाडीमा सवार मन्थली नगरपालिका की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका काटंकप्रसाद दाहाल, मन्थली नगरपालिका की ज्ञानु ढुंगेल, मन्थली नगरपालिका की रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका की उर्मिला घिमिरे पनि घाइते हुनुभएको छ।

मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका का ४० वर्षीय रामकुमार राईको ढाडमा चोट लागेको उहाँका श्रीमती ३९ वर्षीयाप्रविशा सुनुवारको देब्रे खुट्टामा चोट लागेको

उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाईठक्कर दिने ईलेक्ट्रोनिक गाडीका चालक काभ्रे पनौती नगरपालिका का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थपअनुसन्धान गरिहेको प्रहरीले जनाएको छ।