जनता टाइम्स

२ कार्तिक २०८०, बिहीबार १७:३८

लिङ्ग भैरवीको मन्दिरमा पूर्वराष्ट्रपति भण्डारीद्वारा पुजाआजा


काठमाडौं, कात्तिक २ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ ।

नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले आज लिङ्ग भैरवीमा दिउँसो पूजा आराधना गर्नुभएको हो । उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती,अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे,दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिशेक कार्यक्रम गरिँदै आएको छ । अहिले नवरात्रको समयमा पनि चीन,भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन ।