झापा, कात्तिक ५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि गृहप्रदेश कोशीमा हुनुहुन्छ ।
बिजया दशमीको अवसरमा बिगत लामो समयदेखि गृहजिल्ला झापामा आयोजना गर्दै आउनु भएको चियापानमा सहभागी हुन राजधानीमा आउनु भएका ओली जिल्लावासीदेखि मोरङ र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुनुका साथै सामाजिक काममा पनि रमाउनु भयो ।
यसपटकको बसाईका क्रममा अध्यक्ष ओलीसँग सेल्फी लिनेको निकै ठूलो भिड लाग्यो । जताततै सेल्फी लिनेहरु देखिए । बासँग सेल्फी लिँदाको अनुभुतिलाई हरेकका अनुहारमा देखिएका चमकले नै बयान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्