काठमाडौं, कातिक ७ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्नुभएको छ ।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गर्नुभएको हो । राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायीत्व, सुशासन र समृद्धिको समेत कामना गर्नुभएको छ ।
उहाँले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिनुभएको छ । यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्