जनता टाइम्स

८ कार्तिक २०८०, बुधबार ०७:४१

केपी ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो : शंकर पोखरेल


काठमाडौं, कात्तिक ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध राजावादीहरुले भ्रम फैलाउने अभियान चलाएको भन्दै प्रतिवाद गर्न आग्रह गर्नुभएको छ ।

राजावादीहरुले कम्बोडियाको टेलिकममा ओलीको लगानी भन्दै भ्रम फैलाइरहको भन्दै महासचिव पोखरेलले यस्ता हर्कतको प्रतिवाद जरुरी रहेको बताउनु भयो ।

‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं,’ पोखरेलले भन्नुभएको छ । महासचिव पोखरेलले पहिला माओवादीले भ्रम छरेको दृष्टान्त राख्दै अहिले राजावादी ओलीबिरुद्ध भ्रम छर्न लागिपरेको पनि बताउनु भएको छ ।

‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

पोखरेलको भनाई जस्ताको तस्तै
पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।