जनता टाइम्स

१० कार्तिक २०८०, शुक्रबार १०:४१

माधव नेपाललाई अर्काे झडका, एमलेमै फर्किए अर्का प्रभावशाली नेता


दाङ, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदाङदस्य तथा क्षेत्र नं १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमै फर्कनु भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराउनु भएको हो । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन । फुटेर कम्यूनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ सम्वोधनका क्रममा गैरेले भन्नुभयो । उहाँले माधव नेपाल माओवादीकरण भएको पनि बताउनु भयो ।

उहाँले थप्नुभयो, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अधिकांश एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादी कमजोर बन्दै गएको छ ।यसअघि यहाँबाट केन्द्रीय सचिव भागवत विश्वासीसहित जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसक्नु भएको छ ।