जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार १७:४८

राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति अपहरणको धम्की दिँदै २५ लाख फिरौती मागेको आरोपमा पक्राउ


काठमाडौं, कातिक १४ । गत गणतन्त्र दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ५० प्रतिशत कैद छुट पाएर जेलमुक्त भएका व्यक्ती फेरी पक्राउ परेका छन्।

चितवन प्रहरीले मकवानपुरको हेटौँडा स्थायी घर भई भरतपुर महानगरपालिका–९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका९१ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए ।

थापा ४ डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर गत जेठमा छुटेका थिए ।थापाविरुद्ध लागु औषध, हात हतियार तथा खरखजना, चोरी लगायत कसुरमा पनि यसअघि मुद्दा दर्ता रहेको बताइएको छ ।