जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १६:०७

एमालेको चियापानमा दाहाल–देउवादेखि झलनाथसम्म सहभागी (फोटोफिचर)


काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी हुनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभयो ।

यस्तै नेकपा एकीकृत समावजवादीका सम्माननित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको छ ।

एमालेले पार्टीका कार्यकर्ताका लागि साढे १२ बजे र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि साढे २ बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।