काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर सरकारको विरोध गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि दिनुभएको समयभर उहाँ मौन उभिएर बिरोध गर्नुभएको हो ।आफ्नो पालो आएपछि उभिनु भएका सांसद गौतमले केही बोल्नुभएन, उभिरहनु भयो ।
सांसद गौतमले मौन उभिएर विरोध जनाएपछि प्रतिपक्षी सांसदहरूले ढ्याप–ढ्याप गरेर समर्थन जनाएका थिए । सांसद गौतम आफ्नो आसनमा उभिएर मौन रहेपछि सभामुख घिमिरेले दोहोर्याएर उहाँलाई बोल्न समय दिइएको भन्दै स्मरण गराउनु भयो तर गौतम बोल्नुभएन ।
शून्य समयमा पाएको एक मिनेटमा गौतम नबोलेपछि सभामुखले अर्का सांसदलाई बोल्न पालो दिनुभयो ।
सांसद गौतमले आफ्नो निर्वाचन क्षेत्रको समस्याको बिषयमा उठाइएको बिषयलाई सरकारले वास्ता नगरेको र सरकार एकपछि अर्काे गैर जिम्मेवार बन्दै गएको भन्दै संसदमा मौन उभिएर बिरोध गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्