जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १५:४२

योगराजको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश


काठमाडौं, कात्तिक १६ सर्वोच्च अदालतले राष्ट्रपतिबाट आममाफी पाएका बाँकेका योगराज ढकाल(रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल कुमार चुडालकोइजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। 

न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै  भन्नुभयो, ‘संविधान दिवसको दिन सरकारकोसिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान कानुन विपरीत देखिएकोले बदर हुने।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएकाथिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए। सर्वोच्चले उनको माफी बदर गरेकोहो