काठमाडौँ, १८ कातिक । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।
सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताउनुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो । उहाँले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताउनुभयो ।
चौरजहारी नगरपालिका(७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताउनुभयो।
उहाँले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उहाँले आशंका गर्नूभयो । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन । कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताउनुभयो ।
उहाले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताउनुभयो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताउनुभयो । त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको स्थानिय आनन्द पुनले बताउनुभयो ।
पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको जानकारी दिनुभयो । शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो । जाजरकोटको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी हरिशचन्द्र शर्माका अनुसार बारेकोट गाउँपालिका रामेडाँडामा केही घरहरु भत्किएको विवरण आएपछि पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताउनुभयो । त्रिवेणी गाउँपालिकाको मुरुडाडामा सातवटा घरमा पूर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताउनुभयो। पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्