जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १०:२९

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले बुझाए राजीनामा


बिराटनगर, कात्तिक १८ । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कांग्रेस नेता केदार कार्कीले सत्ता गठबन्धन ब्यूँताएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेको भोलिपल्ट आज एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर मगरले राजीनामा दिनुभएको छ ।

मगरले आज मुख्यमन्त्री कार्कीलाई पार्टी निर्णयसहित राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले नेकपा माओवादीका गणेश उप्रेती र नेकपा एसबाट कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीको सो निर्णयसँगै एमालेले सरकार छाडने घोषणा गरेको थियो ।