काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइते भएकोहरुको उद्धार र उपचारको काममा परिचालित हुन पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले दुःखकोयस घडीमा आज आयोजना गरिएको सवै कार्यक्रमहरु स्थगित गरी घाइतेहरुको उद्धार र उपचारको काममा लाग्न आह्वान गर्नुभएको हो ।
यस दुःखद घडीमा घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु । उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला । देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।
अध्यक्ष ओलीले थप्नुभएको छ, ‘विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला । उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नुपर्छ ।’ उहाँले भूकम्पमा ज्यान गुमाएका भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
ओलीको अपिल जस्ताको तस्तै
हामी जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा छौं । धेरै घाइते हुनुहुन्छ । भूकम्पमा ज्यान गुमाउनु भएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु । उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला । देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला । विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला । उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नुपर्छ । विपत र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरु स्थगित गर्न म देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्दछु ।
प्रतिक्रिया दिनुहोस्