जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १०:५४

जाजरकोट भूकम्पपछि रातभरमा १०९ पटक परकम्प


काठमाडौं, कात्तिक १८ । शुक्रबार राती ११.४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि अहिलेसम्म १०९ पटक धक्का मापन भएको छ ।

शुक्रबार राति ११.४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको जानकारी दिनुभयो ।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको थियो । त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए ।

अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको छ । जाजरकोटमा गएको सो भूकम्पमा ठूलो जनधनको क्षती भएको छ ।