काठमाडौं, १८ कात्तिक । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १३८ पुगेको छ । गए राती जाजरकोटलाई केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १३८ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन् ।
यता, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ । साथै, सो भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरूमध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्