काठमाडौं, कात्तिक १८ । नेकपा एमालेको जनसंगठन अनेरास्वबियुले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा चिकित्सकसहित स्वास्थ्य टोली पठाएको छ ।
अनेरास्वबियुले आज आमस्किम सचिवालयको आकस्मिक बैठक राखेर जाजरकोटतर्फ चिकित्सकको टोली पठाउने निणय गरेको हो ।
अनेरास्वबियुका अध्यक्ष समिक बडालले दिनुभएको जानकारी अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारका निम्ति अनेरास्वबियुको तर्फबाट केन्द्रीय कमिटी सचिव डा. सुजन कडरिया र सञ्जीव धितालको नेतृत्वमा आओएम स्वबियु सभापति डा. आनन्द सिंह र एनएमएसएमा आवद्ध रहेका स्वास्थ्यकर्मीहरुलाई जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।
अनेरास्वबियुले भूकम्प प्रभावित जिल्लाहरुसँग भौगोलिक सिमाना जोर्डिका सम्पुर्ण जिल्लाका संगठन आवद्ध सवै नेता कार्यकर्तालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा जुटन निर्देशन समेत दिएको छ ।














प्रतिक्रिया दिनुहोस्