जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १६:२२

भूकम्प प्रभावित क्षेत्रमा पुग्यो एमाले उपमहासचिव नेतृत्वको केन्द्रीय टोली


काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेको छ ।

पार्टीले आयोजना गर्ने अभियानको तयारीको क्रममा सुदुरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश आइपुगेपछि भूकम्प गएकोले उपमहासचिव रिमाल नेतृत्वको टोली अन्य काम स्थगन गरेर आज जाजरकोट पुगेको हो ।

जाजरकोट पुगेर रिमालसहितका नेताहरुले भूकम्पमा परी जाजरकोट जिल्ला अस्पतालमा उपचार गराइरहनुभएका घाइतेहरूलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उपमहासचिव रिमालले जाजरकोट जिल्लास्थित एमालेको पार्टी पंक्तिलाई सम्पूर्ण ध्यान प्रभावित जनतालाई राहत र सहयोग गर्नमा केन्द्रित गर्न निर्देशन दिनुभयो । यसैगरी उहाँले रुकुम पश्चिमका एमाले नेताहरुलाई भेटेरसहयोगमा खट्न निर्देशन दिनुभएको टोलीमा सहभागी केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो ।

यसअघि नै अनेरास्वबियुले जाजरकोट र रुकुम पश्चिममा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको छ । टोलीमा केन्द्रीय कमिटी सचिव डा. सुजन कडरिया र सञ्जीव धितालको नेतृत्वमा आओएम स्वबियु सभापति डा. आनन्द सिंह र एनएमएसएमा आवद्ध रहेका स्वास्थ्यकर्मी रहेका छन ।