जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १६:३९

भाइटीकाको साइत सार्वजनिक


काठमाडौं, कात्तिक २० । यस बर्षको तिहारको भाइटीकाको साइत सार्वजनिक भएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जानकारी गराएको हो।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आज विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गर्नुभएको छ ।