सुर्खेत, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।
आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनस् ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।
पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४।५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको छ । पुनः भूकम्पको धक्का महसुस भएपछि भूकम्पपीडितमा त्रास छाएको छ ।













प्रतिक्रिया दिनुहोस्