जाजरकोट, कात्तिक २१ । भूकम्पबाट सवैभन्दा बढी प्रभावित जाजरकोटको नलगाडमा रहेर पीडितको सेवामा जुटिरहनु भएका नेकपा एमालेका नेता निरज आचार्यले फिल्डको अनुमवका आधारमा तत्कालै ८ वटा काम गर्नुपर्ने सुझाव दिनुभएको छ । आचार्य नलगाडकै बासिन्दा हुनुहुन्छ ।
यस्तो छ आचार्यको फिल्ड अनुभव
१. सत्ता, पद र शक्तिको तुजुक पिडितहरुको अपेक्षा र समधान होईन । तावरमाओेरले केही हुदैन । २. कथित सेलिब्रेटीहरुको चटकले आत्मारथि र रोमान्स हुन्छ पिडितको समस्या समधान हुदैन ।
३. पुरानो परमपरागत घरहरु कुनै सद्दे छैनन । सवैजना खुल्ला आकाश मुनि छन ।
–अविलम्ब शीत छल्न त्रिपाल पुर्याउ ।
– जाडो छल्न कम्मल/बलाङकेट पुर्याउ ।
–अन्न पात पुरिएकोछ । खाध्यान्न को ब्यवस्थापन गरौ ।
४. त्यसपछि पुन स्थापनाको काममा लागौ ।
५. राहात पठाई रहनुभएका विभिन्न संघ संस्थाहरुको यसमा ध्यान जावस ।
६. राहात वितरणमा सरकारी संयन्त्र निकै कमजोर देखियो । सामाग्री थुप्रयाउने र प्रकृया खोजेर नवसौ छिटो पिडितको हातमा राहात पुर्याउ ।
७. राहातमा पक्षपात गर्नु सत्तावालाको दुर्भाग्य पुर्ण हर्कत बन्द गरौ । समान्ताका आधारमा राहात दिउ । यसमा राजनीति गर्ने दुस्साहस नगरौ ।
८. पिडितहरुको स्वास्थ्य थप विग्रदै छ ।
प्रतिक्रिया दिनुहोस्