जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १३:२२

सरकार पुग्न नसकेको भूकम्पपीडित बस्तीमा पुग्यो एमाले टोली, पीडितको घरमै पुगेर सहयोग हस्तान्तरण


जाजरकोट, कात्तिक २१ । भूकम्पको चार दिनसम्म पनि सरकार पुग्न नसकेको बस्तीमा एमाले पुगेको छ । जाजरकोट भूकम्पले दिएको पीडा कम गर्न सरकार नपुगेपछि एमाले नेता निरज आचार्यको टोली राहत र चिकित्सकसहित बस्ती बस्तीमा पुगेको हो ।

आज मात्रै आचार्य नेतृत्वको टोली जाजरकोटको बारेकोटस्थित रामिकोटमा आएको भूकम्पबाट सवैभन्दा बढी ज्यान गएको नलगाड नगरपालिकाको थरुपाटामा पुगेर राहत प्रदान गरेको छ । आचार्यको टोलीले आफू मरेर पनि दस महिनाको छोरी बचाउने कृष्ण पुन बोहराको परिवारलाई सहयोग गरेको हो ।

कृष्ण रिम्नास्थित माइतिघरमा गएको बेला १७ गतेको मध्यराति आएको भुमम्पले घर भत्किएर पुरिएर निधन भयो । उहाँकी दस महिनाकी छोरी बिविशा बोहरा बाँच्न सफल भइन । आफूले देहत्याग गरेर पनि छोरि बिविशालाई कृष्णले बचाउनु भयो । सो घटनाको बारेमा जानकारी पाएपछि एमाले केन्द्रीय सदस्य आचार्य नेतृत्वको टोली पुगेर चामल, त्रिपाल, बलाकङ्केट र ब्यक्तिगत रुपमा बच्चालाई दूध खुवाउन टोकनमणिका रुपमा केही रकम हस्तान्तरण गरेको हो ।

आचार्य नेतृत्वको टोली घरमै राहत लिएर आएपछि स्थानीयवासी राहतमा भेदघाव भएको भन्दै त्यस्तो रोक्न पर्ने गुनासो राखेका छन । सवै पीडितले पाउनु पर्ने पीडितको भनाई छ । ‘हामीलाई मात्रै दिएर भएन, सवै पीडितलाई दिनुपर्यो, त्यसपछि ध्वंस भएको घर बनाउन भूमिका खेल्नुपर्यो । सरकारले त हेरेन, अव सवै पीडितलाई हेर्ने बनाउनु पर्यो,’ स्थानीयको भनाई थियो ।