जाजरकोट, कात्तिक २१ । जाजरकोटको थाप्ले चौरमा बसेका भूकम्पपीडितको अवस्था बेहाल बनेको छ । भूकम्पमा सवै घर ध्वस्त भएका पीडित परिवारलाई राखिएको थाप्ले चौरमा सवै टेण्ट फालेर राष्ट्रपति रामचन्द्र पौडेलको हेलिकोप्टर अवतरण गरेपछि पीडितमाथि ठूलो बज्रपात भएको हो ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको अनुगमनका लागि भन्दै आज नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोटका बिभिन्न भागमा आउनु भएको थियो । भूकम्पपीडितलाई मलम लगाउन भन्दै आउनु भएका राष्ट्रपति पौडेलको यात्रा पीडितका लागि भने अभिशाप बनेको हो ।
भूकम्पपीडितको राहतको काममा खटिएका सुरक्षाकर्मीसमेत राष्ट्रपतिको स्वागतमा खटिनु परेको छ भने पीडितलाई राख्न खटा गरिएको टेण्टसमेत हटाइएको छ । भूकम्प पीडितको राहतमा खटिएका सुरक्षाकर्मी राष्ट्रपति आउने भएपछि उहाँको सुरक्षामा खटाइएको छ ।
‘राष्ट्रपतिको भ्रमण त हाम्रो लागि अभिशाप बन्यो, बस्ने टेन्ट पनि हटाइ दियो,’ थाप्ले चौरमा बस्दै आएका एट पीडितले जनताटाइम्स डटकमका प्रतिनिधिसँग भने । उनल राष्ट्रपतिको भ्रमणले आफूहरुमाथि बज्रपात भएको भन्दै आक्रोश समेत पोखेका छन ।
स्थानीयवासीहरुले राष्ट्रपतिको आगमन आफूहरुका लागि थप थप पीडा दिने हतियार बनेको बताए । ‘राष्ट्रपतिको भ्रमणले हामीलाई थप पीडा दियो, हाम्रो बासस्थानसमेत हरायो,’ अर्का पीडितले थपे ।
भिडियो सौजन्य : कान्तिपुर टीभी













प्रतिक्रिया दिनुहोस्