जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १०:४७

लक्ष्मी पुजा गर्दा उर्लाबारीको सुन पसलमा आगलागी, ४ प्रहरीसहित २७ जना घाइते


बिराटनगर, कात्तिक २७ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको एक सुन पसलमा आगलागी हुँदा २७ जना घाइते भएका छन् ।

उर्लाबारी ७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा आइतबार राति आगलागी हुँदा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा उनीहरु घाइते भएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

घाइते हुनेमा ४ जना प्रहरी पनि छन । घाइतेहरुलाई विराटनगर र बिर्तामोडमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो ।

आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो ।