जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १३:४२

नेदरल्याण्डसंग भारत १६० रनले विजयी


काठमाडौं, २६ कात्तिक । भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ ।

जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो । भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो । योसँगै भारत लिग चरणमा अपराजित हुदै सेमिफाइनल खेल्ने भएको छ ।

भारतको ९ खेलमा १८ अंक भएको छ । त्यस्तै नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहदै विश्वकप समाप्त गरेको छ ।