जनता टाइम्स

२९ कार्तिक २०८०, बुधबार १७:०१

तिहारमै माधव नेपाललाई ठूलो झडका, नेकपा एसको काम छैन भन्दै एमालेमै फर्किए जिल्ला अध्यक्षसहितका दर्जनौं नेता


महोत्तरी, कात्तिक २९। नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्कनु भएको छ ।

महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

पोखरेलले यादवलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो । यादवसहितका नेताहरुले नेकपा एकीकृत समाजवादीको औचित्य सकिएको निश्कर्षसहित आफूहरु एमालेमा फर्किएको बताउनु भयो ।

यादवसँगै नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्कनुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादव पनि एमालेमा प्रवेश गर्नुभयो । यादवको नेतृत्वमा माओवादीका १४ कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ ।