काठमाडौं, मंसिर १ । टिकटकमाथि लगाइएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालभर टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको टिकटक प्रतिबन्ध गर्ने सो निर्णयबिरुद्ध आज सर्वाेच्च अदालतमा रिट परेको हो ।
सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुग्नुभएको हो । यस्तै अधिबक्ता डा. सुनिल रञ्जन सिंह र अधिबक्ता सरिता थापाले पनि टिकटक बन्दको निर्णयबिरुद्ध सर्वाेच्चमा रिद दायर गर्नुभएको छ ।
‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु,’ त्रिपाठीले भन्नुभयो । यता सरकारले टिकटकका कारण सामाजिक सद्भाव बिग्रिन थालेकाले बन्द गर्ने निर्णय गर्नुपरेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्